×

क्वाटरफाइनल समीकरण पूरा : पोर्चुगल र मोरक्को नकआउट चरणमा

images

दोहा । विश्वकप २०२२ को क्वाटरफाइनल समीकरण मंगलबार पूरा भएको छ । प्रतियोगिताको अन्तिम आठ पुग्ने पोर्चुगल र मोरक्को अन्तिम दुई देश रहे । त्यस अगाडि डिफेन्डिङ च्याम्पियन फ्रान्स, क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड र नेदरल्यान्ड्स नकआउट चरण पुगेका थिए । अब शुक्रबारदेखि क्वाटरफाइनलमा खेल हुनेछन् ।
गोन्सालो रामोसको ह्याट्रिकको मदतले पोर्चुगलले स्विटजरल्यान्डलाई ६–१ ले हरायो । त्यसमा पेपे, राफायल गुइरो र राफायल लियोले एक एक गोल गरे । युवा खेलाडी रामोस यसपल्टको विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी भएका छन् । स्विस टिमका लागि एकान्जीले एक सान्त्वना गोल फर्काए ।
मोरक्को भने अन्तिम आठ पुग्ने भाग्यमानी अफ्रिदी देश रह्यो । उसले पूर्व विजेता स्पेनलाई टाइब्रेकरमा ३–० ले हराएको हो । यससँगै मोरक्को विश्वकपको अन्तिम आठ पुग्ने चौथो देश पनि भएको छ । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि कुनै गोल नभएपछि टाइब्रेकर आवश्यक परेको हो । 
 

बुधबार २१ मंसिर २०७९ ०८:०२ AM मा प्रकाशित

प्रतिक्रिया