×

तारा एयरको जहाजमा चिल ठोक्कियो

images

काठमाडौं  । तारा एयरको जहाजमा चरा ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गोमा चरा ठोक्किएसँगै सिमकोट विमानस्थलमा तुरुन्तै अवतरण गराइएको हो ।

आकाशमा उडिरहेको कार्गोमा अदानचुली गाउँपालिकाको मुने लेकनजिकै चिलसँग ठोकिएको हो । चिल ठोक्किँदा जहाजको अगाडिको भागमा प्वाल परेको छ। जहाजमा दुई पाइलट र एक जना एयर होस्टेस थिए। उनीहरू सुरक्षित छन्।

बुधबार २१ मंसिर २०७९ ०३:२७ PM मा प्रकाशित

प्रतिक्रिया