×

एमाले नेता रामकृष्ण लामासहित ४१ जना माओवादीमा प्रवेश

images

नेकपा एमाले बागमती प्रदेश कमिटी सचिवालय सदस्य रामकृष्ण लामा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  यस्तै एमालेकै रामेछाप  जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामा पनि माओवादीमा प्रवेश गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 


दुई नेतासहित ४१ जना एमालेका नेता कार्यकर्तालाई अध्यक्ष प्रचण्डले खुमलटारमा आयोजित कार्यक्रमका बीच पार्टीमा स्वागत गरेको उनले बताए । नव प्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनकारी शक्तिलाई परास्त गर्ने सन्दर्भमा अग्रगमनकारी शक्तिहरुको ध्रुबिकरण आवश्यक रहेको बताए । 

उनले भने, ‘ओली गणतन्त्र र संविधानको पछिसम्म विरोध गर्दै हिँड्थे । पछि संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र पनि घोषणा भयो । उनको इच्छा विपरीत । त्यतिबेला उनले भन्ने गर्थे माओेवादीले आँधिहुरी लिएर आयो । सबै त्यसमा हिँडेपछि म पनि त्यसमा हिँडेको हो मन त परेको थिएन भन्थे । संविधान बनाउने बेलामा पनि ।’

संविधानमा सही गरेपछि आफूहरुले ओली पनि संघीय लोकतन्त्रवादी भए होलान् भन्ने अपेक्षा गरेपनि नभएको उल्लेख गरे । ओली अहिलेसम्म पनि धर्म निरपेक्षतावादी नभएको आरोप लगाए ।

उनले भने, ‘मैले वाम गठबन्धनको प्रस्ताव पनि राखे । केपी ओलीको प्रस्ताव पनि होइन । पछि पार्टी एकताको प्रस्ताव पनि राखियो। तर, एकताको तीन बर्ष पुग्न नपाउँदै उनी त अहिलेसम्मको उलपब्धि कहिले उल्ट्याउला भनेर लुकेर बसेका रहेछन् ।’

ओली आफू प्रधानमन्त्री भएपछि संविधान मिचेर पटक पटक प्रतिनिधि सभा विघटन गरेको जिकिर गरे । उनले भने, ‘ओली अहिले पनि लाज पचाएर भाषण गर्दै हिँडेको देख्छु । मलाई त अनौठो लाग्छ। हामीले दुई तिहाइको सरकार र प्रधानमन्त्री बनाएका थियौँ । उनले पार्टी र सरकार पनि बचाउन सकेनन् । अहिले के भनेर भोट माग्न गएका हुन् । उनले नेपाली जनतालाई उल्लू ठानेका छन् कि । हिजो दुई तिहाइ दिँदा पाँच बर्षसम्म टिकाउन नसक्ने उनै हुन् ।’

ओलीले आफूले जनताका अगाडि गएर उखान टुक्का हानेर हसाउँदैमा भोट पाउँछु भन्ने ठानेको टिप्पणी गरे । ओलीको अहंकारले संविधानविरोधी गतिविधि गर्दा जनताले समेत विरोध र बहिष्कार गरेको उनको भनाइ छ । ओली असफल भएर बालुवाटारबाट बालकोट जानुपरेको बताए ।

प्रचण्डले भने, ‘स्थानीय चुनावमा दुई तिहाइ ल्याउँछु भनेर गफ हान्थे । तर, पहिलाको भन्दा सयभन्दा धेरै ठाउँमा पराजित बने। अहिले पनि जनताले बुझिसकेको छन्। 

सोमबार २१ कात्तिक २०७९ ११:३३ AM मा प्रकाशित

प्रतिक्रिया