×

बालेन्द्र क्याबिनेटमा नयाँ वरीयताक्रम : गृहमन्त्री सुधन गुरुङको वरीयता पाँचौँ स्थानमा झर्यो

images

काठमाडौँ — मन्त्रीहरूको मर्यादाक्रम(वरीयता) हेरफेर गरिएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्मा मर्यादाक्रममा हेरफेर गरिएको हो । मन्त्रीहरुको कार्यविभाजन यथावत रहे पनि मर्यादाक्रममा हेरफेर गरिएको जनाइएको छ । हेरफेर भएको मर्यादाक्रमअनुसार प्रधानमन्त्री शाहपछि वरिष्ठताका आधारमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले रहेका छन्।

त्यसैगरी परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठपछि गृहमन्त्री सुधन गुरुङको मर्यादाक्रम रहेको छ । सुरुको मर्यादाक्रममा गृहमन्त्री गुरुङ तेस्रो वरियतामा थिए। चौथो वरीयतामा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई ल्याइएको छ । यसअघि उनी छैटौँ वरीयतामा थिए । यस पटक सबैभन्दा छलाङ महिला, बालबालिका मन्त्री सीता वादीले मारेकी छन् । उनी अन्तिम अर्थात् पन्ध्रौँ वरीयताबाट आठौंमा उक्लिएकी छन् ।

तेह्रौँ वरीयतामा रहेकी कानुनमन्त्री सोविता गौतमलाई सातौँ वरीयतामा ल्याइएको छ। हाल १५ सदस्यीय मन्त्रिपरिषद्मा १५ औँ नम्बरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह रहेका छन्। 

मङ्गलबार २४ चैत २०८२ ०१:५८ PM मा प्रकाशित

प्रतिक्रिया