×

नेपाल बारको अध्यक्षमा सत्ता गठबन्धनबाट गोपालकृष्ण उम्मेदवार

images

काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा सत्तारुढ गठबन्धनबाट गोपालकृष्ण घिमिरे उम्मेदवार बन्ने भएका छन् ।

घिमिरे नेपाली कांग्रेसको निर्वाचन समिति संयोजक हुन् । अध्यक्षका लागि बारका पूर्वमहासचिव सुनिल पोखरेल पनि दाबेदार थिए । तर पार्टी सभापति शेरबहादुर देउवा निकट घिमिरेले टिकट पाएका छन् ।

यसैगरी महासचिवमा अंकिता खनाल उम्मेदवार बन्ने सहमति भएको छ ।

नेपाल बार एशोसिएसनको चैत १९ गते हुने अधिवेशनमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले मोर्चाबन्दी गरेका छन् । नेपाली कांग्रेस निकट कानुन व्यवसायी अध्यक्ष र नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायी महासचिव रहने गरी तीन दलले मोर्चावन्दीको निर्णय गरेका हुन् । नेकपा एकीकृत समाजवादी निकट कानुन व्यवसायीले उपाध्यक्ष पद पाउनेछन् ।

बार एशोसिएसनको देशभर ११ हजार जना भन्दा बढी सदस्य रहेका छन् ।

सोमबार २३ फागुन २०७८ १२:२२ PM मा प्रकाशित

प्रतिक्रिया