काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरे लगत्तै सबैसँग सहकार्य गर्दै महिलाका मुद्दालाई मुखरित पार्ने बताएकी छन् ।
मंगलबार पदभार ग्रहण गरेपछि पत्रकारहरुसंग कुरा गर्दै उनले महिलाका मुद्दाहरुलाई सम्बोधन गर्न पनि सहकार्य जरुरी भएको भन्दै सबैलाई सहकार्र्यका लागि अपिल गरेको बताईन् ।
‘पदको गरिमा कायम गर्दै मैले सम्पूर्ण सांसदज्युहरुसँग सहकार्य गरेर प्रभावकारी बनाउने कुरामा सकेजतिको, म पर्फेक्टली म सबै सक्छु भन्न सक्दिनँ, तर सकेजति प्रभावकारीतामा मेरो सधैं टेवा र सहयोग रहनेछ ।’
राष्ट्रिय सभा र प्रतिनिधि सभाको काम प्रभावकारी बने देशभर सकारात्मक सन्देश जाने अर्यालको दाबि छ ।
उपाध्यक्षका लागि माघ २२ गते भएको मनोनयन दर्ता कार्यक्रममा प्रतिपक्षी नेपाली कांग्रेस सहितका दलहरूले उम्मेदवार नउठाएपछि अर्याल निर्विरोध भएकी हुन् ।
प्रतिक्रिया