काठमाडौं । झापाका किसानले कुखुरा र अण्डा फालेर विरोध प्रदर्शन गरेका छन् । आफ्नो उत्पादनले उचित मुल्य र बजार नपाएको भन्दै, झापा, बिर्तामोडको मुक्ति चोकमा किसानले उचित बजार व्यबस्थापनका लागि माग गर्दै अण्डा र कुखुरा सडकमा फालेर सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सरकारले बारम्बार कृषिमा आत्मनिर्भर हुने नारा दिएपनि उत्पादनकोे बजारीकरण नभएकाले सडकमा उत्रिन बाध्य भएको कृषकहरुको गुनासो छ । बढ्दो महँगीका कारण देशभरका किसानहरु मारमा परेको भन्दै प्रदर्शनमा सहभागी भएको उनिहरुको भनाई छ ।
प्रतिक्रिया