×

क्षेत्रीय टेबल टेनिस छनोटलाई ‘अनर’ को साथ

images

काठमाडौं । विश्व टेबल टेनिसको दक्षिण एसियाली छनोटका लागि ‘अनर’ ले सर्वाधिक रकमको प्रायोजन गरेको छ । अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य तथा ‘अनर’ का लागि सेल्ट्रान नेपाल प्रालिका सीईओ राहुल राठीले मंगलबार प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार ‘अनर’ ले पाँच लाख रुपैंया प्रदान गर्नेछ । मंसिर २२ देखि २५ सम्म आयोजना हुने प्रतियोगिता नेपाली टेबल टेनिस प्रतियोगिता नेपालमा आयोजना हुन लागेको अहिलेसम्मकै सर्वाधिक ठूलो हो । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका छ देशको सहभागिता रहनेछ ।

यसमा छनोट हुने खेलाडीका लागि विश्व च्याम्पियनसिपको बाटो खुल्नेछ । प्रतियोगितामा विश्व वरीयताको उच्च स्थानमा रहेका खेलाडीले सहभागिता जनाउने छन् । प्रायोजक सम्झौताका क्रममा प्रथम उपाध्यक्ष वज्राचार्यले ‘अनर’ को यस कीर्तिमान प्रायोजक अनुबन्धले नेपालमा टेबल टेनिस विकासमा अझ सहयोग पुग्ने विश्वास पोखे । 
 

मङ्गलबार २० मंसिर २०७९ ११:२३ AM मा प्रकाशित

प्रतिक्रिया