×

सुमो दुर्घटना हुँदा नवजात शिशुको मृत्यु

images

जनकपुरधाम : धनुषामा बोलेरो दुर्घटना हुँदा एक नवजात शिशुको घटनास्थलमै मृत्यु भएको छ । ६ जना गम्भीर रूपमा घाइते भएका छन्।  

जिल्लाको लक्ष्मिनियाँ गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको बोलेरो आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। 

दुर्घटनामा परी मृत्यु भएको नवजात शिशुको हिजो मात्र जन्म भएको प्रहरी नायव उपरीक्षक क्षेत्रीले जानकारी दिए। गम्भीर घाइतेहरुको नाम र ठेगाना खुल्न सकेको छैन्।

जनकपुरधामबाट ढल्केबर गइरहेको टाटा सुमो बोलेरो लक्ष्मिीनियाको सेन्ट्रल हस्पिटल अगाडि अनियन्त्रित भएर पल्टेको डीएसपी क्षेत्रीले जानकारी दिए। 

दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि नजिकै रहेको सेन्ट्रल हस्पिटल पुर्‍याइएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

आइतबार​ २० कात्तिक २०७९ ०८:०९ PM मा प्रकाशित

प्रतिक्रिया