×

सिरहामा एमालेका दर्जनौ नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

images

सिरहा । सिरहामा  एमाले परित्या गरी एक सय भन्दा बढी नेता तथा कार्याकर्ता माओवादी प्रवेश गरेको छ । गोलबजार नगरपालिकामा एमाले पार्टी परित्याग गरी करिब २ सयजना स्थानीय नेता तथा कार्याकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका हुन । 

गोलबजार–४ का मदन यादव, नथुनी महरा (माइन्जन), गोविन्द महरा र गोलबजार–६ का अरुण कुमार साहसहित करिब २ सय युवा, नेता, तथा कार्यकता नेकपा एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् । 

 पार्टीका स्थायी समिति सदस्य तथा सिरहा क्षेत्र नम्वर ३ बाट वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विश्वनाथ साहले माला र अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् । 

गोलबजार–४ का मदन यादव, नथुनी महरा (माइन्जन), गोविन्द महरा र गोलबजार–६ का अरुण कुमार साहसहित करिब २ सय युवा, नेता, तथा कार्यकता नेकपा एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् । 

नवआगन्तुकहरूलाई नेता साहले पार्टीमा स्वागत गर्दै आगामी मंसिर ४ को निर्वाचनको  कार्यमा जुट्न समेत अनुरोध गरे । उनले आफू पदमा रहँदा वा नहुँदा पनि सधैं जनताको सेवामा रहेको बताए । उनले भने, ‘मैले राजनीतिक जीवन सुरु गरेदेखि नै जनताको काममा रिन्तर लागिरहेको छु, सत्तामा हुँदा बढी र बाहिर रहँदा कम मात्र हो ।’

सोही क्रममा उनले यो क्षेत्रको विकासको काममा पनि आफू सधैं लागि परेको नेता साहले बताए । उनले यहाँको शिक्षा, स्वास्थ्य, बाटोघाटो जस्ता हरेक पूर्वाधार विकासमा पनि आफ्नो पार्टीले काम गरेको बताए ।

आइतबार​ २० कात्तिक २०७९ ०७:३७ PM मा प्रकाशित

प्रतिक्रिया