एभरेस्ट महिला भलिबल लिग-कर्णालीले जित्यो उपाधि

    images

    काठमाडौं। एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यशविसले जितेको छ।

    शनिबार सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३-२ सेटले पराजित गर्दै उपाधि जितेको हो।

    खेलमा कर्णालीले शुरुका दुई सेट जितेपछि ललितपुरले खेलमा कमब्याक गर्दै तेस्रो र चौथो सेट जितेको थियो। त्यसपछिको फाइनल सेट कर्णालीले १५-१३ ले जितेर उपाधि चुमेको थियो।

    यो हारसँगै ललितपुर क्विन्स उपविजेता बनेको छ।

    आइतबार​ २० असोज २०८१ ०७:५३ AM मा प्रकाशित

    प्रतिक्रिया