×

दशको 'श' पातलो लेख्ने छुट हामीलाई छैन : सदस्य सचिव उपाध्याय

images

 नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्यायले आगन्तुक शब्दका सन्दर्भमा कुनै पनि भ्रम पाल्न आवश्यक नरहेको बताउनुभएकाे हाे । आज बुधवार आयोगले आयोजना गरेको सञ्चारमाध्यममा भाषा प्रयोगको अवस्था र भावी चिन्तनका सन्दर्भमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले आजभन्दा ४० वर्षअघि नै संस्कृतबाट आएका शब्दबाहेकका आगन्तुक शब्दलाई ह्रस्व लेख्ने सहमति भइसकेको बताउनुभयो । सदस्य सचिव उपाध्यायले नेपालीमा ८० प्रतिशतभन्दा बढी शब्दहरू संस्कृत भाषाबाट आएकोले त्यसलाई तत्सम शब्दका रूपमा स्वीकार्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘नेपालीमा ८० प्रतिशतभन्दा बढी शब्दहरू संस्कृत भाषाबाट आएका छन्, त्यसलाई हामीले तत्सम शब्दका रूपमा स्वीकारिसकेका छौँ । तत्सम शब्दलाई तत्सम संस्कृतकै अनुसार लेखौँ । दशको 'श' पातलो लेख्ने छुट हामीलाई छैन ।’

सदस्य सचिव उपाध्यायले हरेक रेडियो, टेलिभिजन, पत्रपत्रिका, शिक्षा आयोग, प्रेस काउन्सिल, भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय र शिक्षा मन्त्रालयको राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रहरूले एउटै भाषा प्रयोग गर्ने गरेर शैली पुस्तक बनाउनुपर्ने बताउनुभयो । 

बुधबार २२ असार २०७९ ०३:१६ PM मा प्रकाशित

प्रतिक्रिया