×

राजकणिर्कारको `सम्झनामा मेरा पूर्खा´ लोकार्पित 

images

 

काठमाडौं । नेपाली यात्रा साहित्यका वरिष्ठ साहित्यकार घनश्याम राजकर्णिकारको अनुसन्धानमूलक संस्मरणात्मक कृति ‘सम्झनामा मेरा पुर्खा’ काठमाडौमा लोकार्पित भएको छ ।
उक्त कार्यक्रममा साहित्यकार राजकर्णिकारले यो संस्मरणात्मक कृति आफूले इमानदारीपूर्वक लेख्ने प्रयास गरेको बताए । उनले मानिसले आफ्ना पुर्खालाई बिर्सन नहुने उल्लेख गरे । राजकर्णिकारको यस संस्मरणकृतिमा उनका पुर्खाले गरेका संघर्षका दिन, पिताले स्थापना गरेको कृष्ण पाउरोटीका रोचक र अप्ठेरा समयदेखि  वर्तमान  स्थितिसम्मलाई प्रस्तुत गरिएको छ ।
कार्यक्रममा समालोचक प्रा.डा. कृष्णप्रसाद दाहालले राजकर्णिकार परिवारको इतिहास मात्र नभएर औद्योगिक उन्नतिको कथा यस पुस्तकमा समेटिएको बताए ।
अर्का समीक्षक महेश पौड्यालले राजकर्णिकारका पुर्खाहरूको गाथासहित नेपालमा पाउरोटी उद्योगको इतिहास यसले बोलेको उल्लेख गरे ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले अहिलेका संस्मरणमा लेखकले आफूलाई सकेसम्म  महान बनाउने गरेकोमा साहित्यकार राजकर्णिकारले पाठकसंग इमानदार भएर यो कृति लेखेको बताए ।
नेपाल स्रष्टा समाजले आयोजना गरेको सो कार्यक्रममा वरिष्ठ कथाकार पद्मावती सिंह, महासचिव  देविका तिमिल्सिना, लेखकका ज्वाई नील ताम्राकार र रन्जना निरौलाले बोलेका थिए

सोमबार २४ बैशाख २०८१ ०६:३१ PM मा प्रकाशित

प्रतिक्रिया