×

फेरि बढ्यो इन्धनको मूल्य

images

काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

गय राति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको भाउ एक हजार ६ सय पुगेको छ भने खाना पकाउने ग्यासको मूल्य एकैचोटि प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको हो ।

त्यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकमा ५ रुपैयाँ बढाएर प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रिय रुपमा ५० डलर बढाएर प्रतिकिलोलिटर एक हजार ४४५ अमेरिकी डलर बनाएको छ।


 

बुधबार २३ चैत २०७८ ११:०६ AM मा प्रकाशित

प्रतिक्रिया