×

पछिल्लो २४ घण्टामा १०० भन्दा कममा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

images

 

काठमाडौं ।पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमितको संख्या १०० भन्दा कम रहेको तथ्यांक सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जम्मा ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यसअघि शनिबार ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।  मन्त्रालयका पछिल्लो २४ घण्टामा जम्मा ४ हजार ९२९ जनामा परीक्षण भएको थियो ।  यस्तै पछिल्लो २४ घण्टामा ५३८ जना निको हुँदा २ जनाको भने मृत्यु भएको छ । 

 

यससँगै देशभर हाल ६ हजार ४६१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

आइतबार​ २२ फागुन २०७८ ०५:२४ PM मा प्रकाशित

प्रतिक्रिया