×

नेपाललाई फकाउँदै प्रधानमन्त्री दाहाल

images

काठमाडौ। वर्तमान सात दलीय गठबन्धनको सहयोगमा प्रधानमन्त्री बनेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वासको मत बढाएर सुविधाजनक सरकार चलाउने प्रयत्नमा लागेका छन् ।

गत १० गते प्रधानमन्त्री नियुक्त भएका दाहाल पुस २६ मा विश्वासको मत दिनेगरी मत संख्या बढाउने प्रयत्नमा लागेका हुन्।

विभिन्न विचार समूहका सात राजनीतिक दलहरू मिलाएर बहुमतको प्रधानमन्त्री बनेका दाहाललाई कुनबेला कसले समर्थन फिर्ता लिन्छ भन्ने त्रास पनि त्यक्तिकै छ ।

सरकारलाई समर्थन गरेका केही दलहरूले अझै सरकारमा जाने या नजाने भन्ने निर्णय गरिसकेका छैनन् । तथापि गत पुस १० गते प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका दलहरूले विश्वासको मत दिने निर्णय गरेका छन् ।

सत्ता सहयात्री दलहरूमा एजेन्डागत विषयदेखि र शक्ति बाँडफाँट समेतलाई लिएर फरक मत राख्न सक्ने त्रासमा प्रधानमन्त्री दाहालले विश्वासको मत बढाउनका लागि पूर्व सत्ता सहयोगीदल नेकपा ९समाजवादी० लाई फकाउन जोडबल गरिरहेका छन् । आजको नेपाल समाचारपत्र दैनिकबाट

शुक्रबार​ २२ पुस २०७९ ०९:२६ AM मा प्रकाशित

प्रतिक्रिया