×

मुक्तक       

images


                   १.
नयाँ सोच नयाँ उमङ्ग
झनझनायो कस्तो रङ्ग
गर्नुपर्छ नयाँ केही
तरङ्गित छ अङ्ग अङ्ग ।

२.
भोक टार्न दाउरा बाल्नैपर्छ
उज्यालो छर्न मैन बल्नैपर्छ
साँच्चै राष्ट्र विकास गर्ने हो भने
श्रम र सीप यहिं झर्नै पर्छ ।
३.
मनको दुःख कहेर कति बस्नु
दर्द पीडा सधैं सहेर कति बस्नुु
जीवन सधैं यस्तै हो भने त
आँखावाट आँसु झारी रहेर कति बस्नु ।

पुल रहेछ जिन्दगी
फुल  रहेछ जिन्दगी
सम्भावनाको खानी हो पो
मूल रहेछ जिन्दगी ।   
 

शुक्रबार​ २२ पुस २०७९ ०६:२९ PM मा प्रकाशित

प्रतिक्रिया