×

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरे

images

काठमाडौं- गण्डकी प्रदेश सभामा निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा पुगेर पार्टी प्रवेश गरेका हुन  । मनाङे मनाङबाट  प्रदेश सभामा निर्विरोध निर्वाचित भएका थिए।

अघिल्लो कार्यकालमा पनि स्वतन्त्र सांसद रहेका मनाङे प्रदेशका मन्त्री पनि हुन्। गण्डकीमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ एउटा पनि प्रदेश सभा सदस्य जितेको छैन।  पार्टी प्रवेशपछि विज्ञप्ति जारी गर्दै उनले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, सिद्धान्त र विचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश बताएका छन् ।

‘त्यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवि, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु,’ मनाङेको विज्ञप्तिमा उल्लेख छ ।

सोमबार १९ मंसिर २०७९ १०:०३ PM मा प्रकाशित

प्रतिक्रिया