×

फ्रान्स क्वाटरफाइनलमा इंग्ल्यान्डसँग भिड्ने

images

दोहा । विश्वकप २०२२ को एउटा क्वाटरफाइनलमा युरोपका दुई महाशक्ति भिड्ने भएका छन् । त्यसमा एउटा डिफेन्डिङ च्याम्पियन फ्रान्स रहेको छ भने अर्को इंग्ल्यान्ड । आइतबार रातिको अन्तिम १६ को खेलमा इंग्ल्यान्डले सेनेगललाई सजिलै ३–० ले हरायो । त्यस अगाडि फ्रान्सले पोल्यान्डलाई ३–१ ले पन्छाएको थियो ।


युरो २०२० को उप विजेता इंग्ल्यान्डका लागि जोर्डन हेन्डरसन, कप्तान ह्यारी केन र बुकायो साकाले गोल गरे । फ्रान्सको जितमा भने ओलिभर जिरोडले गोलको खाता खोलेयता केयलिन एमबापेले दुई गोल थपे । यही खेलमा जिरोडले पनि फ्रान्सका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाए ।


अहिले एसी मिलानका लागि खेलिरहेका जिरोडले अपा्mनो देशका लागि ५२ औं गोल गरे र थिएरी हेनरीलाई उछिने । पोल्यान्डका तर्फबाट दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा रोबर्ट लेवनडोस्कीले एक गोल गरे, तर त्यसले खेलमा कुनै फरक पारेन् । अहिलेसम्म तीन युरोपेल देश नेदरल्यान्ड्स, फ्रान्स र इंग्ल्यान्ड तथा एक दक्षिण अमेरिकी देश अर्जेन्टिना अन्तिम आठमा पुगेका छन् । 

सोमबार १९ मंसिर २०७९ ०८:४७ AM मा प्रकाशित

प्रतिक्रिया