×

दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की निर्वाचित

images

काठमाडौं । एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की विजयी भएका छन्। कार्की ५१८ मत अन्तरले निर्वाचित भएका हुन् ।

कार्कीले ३६ हजार ९९५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत पाएका छन् ।  यहाँ माओवादीका कार्की सत्ता गठबन्धनका साझा उम्मेदवार थिए। मुख्य निर्वाचन अधिकृत कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ।

अहिले समानुपातिककाे गणना भइरहेकाे छ । समानुपातिककाे मतपेटिकामा प्रत्यक्षकाे मतपत्र भेटिए पनि गणना गर्ने निर्णय सर्वदलीय बैठकमा भएका कारण जितकाे अन्तरकाे अंक केही तल माथि पर्न सक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयका एक कर्मचारीले बताए ।

यससँगै देशभरको निर्वाचन परिणाम आएको छ । कार्कीको जितसँगै माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट पुर्याएको छ ।

सोमबार १९ मंसिर २०७९ १०:१४ AM मा प्रकाशित

प्रतिक्रिया