×

सत्तापक्षले दादागिरी देखाउन नखोजोस्- सभापति रवि लामिछाने

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तापक्षलाई दादागिरी नदेखाउन चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा रास्वपाका सांसद शिशिर खनालले दिएको अभिव्यक्तिप्रति सत्तापक्षका सांसद्ले नियमापत्ति जनाएपछि प्रतिरोधमा उत्तिएका लामिछानेले प्रधानमन्त्रीले बोल्न मिल्ने शब्द सांसदले बोल्न नमिलेको भन्दै सत्तापक्षको दादागिरीविरुद्ध डटेर प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर सोही शब्द भन्दा केही नहुने, दृष्टान्तस्वरूप हाम्रो सांसदले भनेको शब्द हटाउने भए हटाऔं ठीक छ । त्यसो भए प्रधानमन्त्रीले भनेको शब्द पनि हटाऔं । हामीलाई केही आपत्ति छैन । सत्तापक्ष पेलेर जान खोज्छ भने थाहा होस् सत्तापक्षको सदन होइन । प्रतिपक्षको सदन हो । प्रतिपक्षको उपस्थितिलाई सत्तापक्षले दादागिरी देखाउन नखोजोस् ।’  

प्रधानमन्त्रीको भारत भ्रमणजस्तो संवेदनशील विषयमा छलफलको लागि ३० सेकेण्ड र १ मिनेट दिएर मजाक गर्न खोजेको हो ? भन्दै रविले प्रश्न गरे । उनले भने, ‘परराष्ट्रमन्त्री अखण्ड भारत नक्साबारे फेसबुकमा आएको कुरा हो भन्नुहुन्छ । यहाँ मजाक चलेको छ ।’ 

साथै स्वतन्त्र पार्टीका सांसद असिम साहले परराष्ट्रमन्त्री एनपी साउद राजीनामा गरेका छन् । भारत भ्रमणका क्रममा भारतीय सञ्चारमाध्यमलाई अन्तरवार्ता दिँदै मन्त्री साउदले भारतले संसद भवनमा राखेको नक्सामा नेपालको लुम्बिनी समावेश गरेको नेपाल सरकारलाई थाहा नभएको बताएका थिए । भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै मन्त्री साउदले ‘अखण्ड भारत’ बारे जानकारी नभएको अभिव्यक्ति दिएपछि संसदबाट राजीनामा मागिएको हो ।

उनले भने, ‘परराष्ट्रमन्त्रीले आजतकमा एउटा अन्तर्वार्ता दिनुभयो । रिपोर्टरले कपिलवस्तु, लुम्बिनी अखण्ड भारतमा समेटेको विषयमा तपाईको देशमा विवाद भएको, प्रतिपक्षी दलले यो कुरा उठाउँदैछ भनेर बारम्बार प्रश्न गर्दा मेरो सरकारलाई जानकारी छैन भनेर उहाँले बारम्बार भन्नुभयो । हाम्रो देशको अखण्डतामा, सार्वभौमिकतामा आँच पुर्‍याउँदा पनि जानकारी छैन भनेर उत्तर दिइन्छ भने यस्तो पराराष्ट्रमन्त्रीले राजीनामा दिएर हिँडे हुन्छ ।’

सोमबार २२ जेठ २०८० ०३:४३ PM मा प्रकाशित

प्रतिक्रिया