×

बरोडाद्वारा नेपालसामु १५७ रनको लक्ष्य प्रसतुत

images

काठमाडौँ, २३ चैतः भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा बरोडाले नेपाललाई एक सय ५७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बरोडाले निर्धारित २० ओभरमा आठ विकेटका क्षतिमा एक सय ५६ रन बनायो । उसका लागि शाश्वत रावतले ३१ रनको योगदान दिए भने ध्रुव पटेलले २९ रन बनाए । साथै अमित पासीले २६, मोहित मोङ्गियाले २० र अभिमन्यु सिंह राजपुतले ११ रन बनाए । नेपालका लागि करन केसी र गुलशन झाले दुई÷दुई विकेट लिए भने आकाश चन्द, प्रतीश जिसी, ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले एक÷एक विकेट लिए ।

शुक्रबार​ २३ चैत २०८० ०३:२५ PM मा प्रकाशित

प्रतिक्रिया