×

नेपाल टेलिकम र फेसबुकको १९औं वार्षिकोत्सव सम्पन्न

images

काठमाडौं । नेपाल टेलिकम र फेसबुकले आज आफ्नो १९औं वार्षिकोत्सव मनाएको छ । अहिल नेपालमा नेपाल टेलिकम र फेसबुक सबैभन्दा बढी प्रयोग हुने फोन सेवा र सामाजिक सञ्जाल हुन पुगेको छ । 

नेपालमा पहिलो पटक मोबाइल फोनको आगमन हुँदा नेपाल टेलिकम (एनटीसी), सिमकार्ड वितराण गर्ने एक मात्र सेवाप्रदायक थियो । त्यस समयमा सिम प्राप्त गर्न ग्राहाकहरुले महिनौं कुर्नुपर्ने र रातभर लाइनमा बस्नुपर्ने बाध्यता थियो । 
नेपाल टेलिकम सरकारीस्तरमा सबैभन्दा धेरै राजस्व बुझाउने सेवा प्रदायक कम्पनी पनि हो भने सामाजिक नेटवर्क सेवा फेसबुकका एक अर्ब भन्दाबढी सक्रिय कार्यकर्ता छन् ।

टेलिकमका मुलुकभर डेढ करोडभन्दा बढी ग्राहकहरु रहेका छन् ।  यही माघ २२ गते टेलिकमले आफनो २२औँ स्थापना दिवस मनाउँदै छ । 
वार्षिकोत्सवका अवसरमा उक्त लिमिटेडले अतिरिक्त क्रियाकलापअन्तर्गत विभिन्न खेलकुद प्रतियोगितासमेत आयोजना गरिरहेको छ  । 

फेसबुकको इतिहास 

सन् २००४ को ४ फेब्रुवरीमा सामाजिक सञ्जाल फेसबुकको स्थापना भएको थियो । मार्क जुकरबर्गले हार्वर्ड विश्वविद्यालयमा हुँदा सँगै बस्ने सहपाठी साथीहरू, एडवार्डो साभरिन, डस्टिन मोसकविट्ज, क्रिस ह्यूजेस र एन्ड्रयु म्याककोलमसँग मिलेर फेसबुकको स्थापना गरेका हुन् ।

सुरूमा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरू माझ मात्र सीमित फेसबुक अहिले प्रायः देशहरुमा प्रयोगमा छन् । प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन् । आफ्नो प्रोफाइल अध्यावधिक गरी साथीहरूलाई उनीहरूबारे जानकारी समेत गराउन सक्दछन् ।

नेपाल टेलिकम इतिहास 

नेपाल टेलिकम ९१.४९% सरकारी साझेदारीको साथ सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक हो । यसको स्थापना २०३२ असार १ गते नेपाल दूरसञ्चार संस्थानको रूपमा भएता पनि २०६० माघ २२ गते यो नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको थियो । 

२०६१ बैशाख देखि यसलाई नेपाल टेलिकम भन्न थालिएको थियो । यसले देशभरमा पि.एस.टी.एन., सिडीएमए, लगायतका आधारभूत टेलिफोन र जिएसएम र सिडीएमए जस्ता मोवाइल सेवा प्रदान गर्ने गरेको छ ।  टेलिकमले इन्टरनेट सेवामा डायल–अप आइएसडीएन लिज्ड एडीएसएल इन्टरनेट र स्काई डाटा मार्फत वायरलेस इन्टरनेट प्रदान गर्ने गर्दछ । 

२०६४ फागुनमा सर्वसाधारणका लागि पनि शेयर बिक्री गर्न खुला गरेको यो कम्पनीको जारी पूँजी १५ अर्ब तथा चालू पूँजी २२ अर्ब रूपैयाँ रहेको छ ।  यस कम्पनीमा हाल करिव ३,९१२ कर्मचारी कार्यरत छन् । हरेक वर्ष माघ २२ गते नेपाल टेलिकमले आफ्नो बार्षिकोत्सव मनाउने गर्दछ । 

आइतबार​ २२ माघ २०७९ ०५:४० PM मा प्रकाशित

प्रतिक्रिया