×

रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक सुरू, सरकारमा रहिरहने कि बाहिरिने भन्नेबारे निर्णय गर्ने

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा सुरु भएको हो । पार्टी कार्यालय बसुन्धरामा केही समय अगाडि सुरू भएको बैठकमा सरकारमा बस्ने वा बाहिरिने भन्ने ठोस निर्णय लिने बताइएको छ।

नागरिकता प्रकणमा दोषी ठहर हुँदै लामिछानेले यसअघि सबै उपप्रधान एवं गृहमन्त्री, पार्टी सभापति पद गुमाएका थिए। रास्वपाले गृह मन्त्रालयमा आफ्नो अडान लिँदै आएको छ भने त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार भएका छैनन् । 

शनिबारै गृहबाहेकको अरु कुनै मन्त्रालय लिन सत्ता साझेदार दलका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले रास्वपालाई प्रस्ताव गरेका थिए । तर, यसबारे रास्वपाले कुनै प्रतिक्रिया जनाइसकेको छैन । 

रास्वपाका नेताहरुले माग पूरा नभएकाले सरकारबाट बाहिरिने मत बलियो बन्दै गएकाले जे पनि निर्णय हुनसक्ने प्रतिक्रिया दिएका छन् ।यता सत्ता साझेादर एमाले अध्यक्ष केपी शर्मा ओलीले भने उनलाई सहमति अनुसार गृह मन्त्रालय दिनुपर्ने अडान राख्दै आएको छ।

यसैबीच सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन्। पत्रकार सम्मेलन पार्टीको बैठकपछि बसुन्धरामै हुनेछ।

आइतबार​ २२ माघ २०७९ १२:३९ PM मा प्रकाशित

प्रतिक्रिया