×

संसदीय गतिविधि थप प्रभावकारी र परिणामखुमी हुने सभामुखको विश्वास

images

काठमाडौँ, २२ माघ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले  हिउँदे अधिवेशन, संसदीय गतिविधि एवं कामकारबाही थप प्रभावकारी र उन्नत बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
     प्रतिनिधिसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा आज मन्तव्य दिँदै सभामुख घिमिरेले कानुन निर्माणसँगै जनसरोकारका विषय सम्बोधन र सरकारलाई निर्देश गर्ने क्रममा गत अधिवेशनमा संसदीय विनियमावली जारी भइ कानुन निर्माणका गृहकार्य भएकाले यो अधिवेशनले महत्वपूर्ण विधेयकहरु पारित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

     सभामुखले राष्ट्रका साझा चासोका विषयमा राजनीतिक दलबीच एकता आवश्यक भएकामा जोड दिँदै विधिको शासन, पारदर्शीता र जवाफदेहीता अपनाउँदै संसद् गतिविधि र अभ्यासलाई परिणामुखी एवं उन्नत बनाउन आग्रह गर्नुभयो ।    यस अघिवेशनदेखि कार्यतालिका लागु गरी नयाँ अभ्यास सुरु गरिएको उहाँले बैठकलाई जानकारी गराउनुभयो ।

सोमबार २२ माघ २०८० ०५:२१ PM मा प्रकाशित

प्रतिक्रिया