×

रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै भने- सीधा कुरा नगरेको धेरै भएछ

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले बताएका छन् । 

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै  पार्टी कार्यालय बाट आज  म विषेश पत्रकार सम्मेलन गर्दैछु’, लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका छन् । उनल सिङ्गो देश र विदेशमा रहने सबैले आजको पत्रकार सम्मेलन  हेरुन्, सुनुन् भन्ने आफूले चाहेको पनि बताएका छन् ।  उनले भनेका छन्, ‘सिधाकुरा नगरेको धेरै भएछ।’

गृहको सट्टा भौतिक पूर्वाधार मन्त्रालय लिन प्रधानमन्त्री प्रचण्डले रास्वपालाई प्रस्ताव गरेका छन् । गृहकै अडानमा रहेको उक्त पार्टीले प्रधानमन्त्रीको नयाँ प्रस्तावमा आवश्यक छलफल तथा निर्णय गर्न  केहीबेरमा केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको छ ।

रविले बैठकलगत्तै पार्टी कार्यालयबाट विशेष पत्रकार सम्मेलन गर्ने जानकारी गराएका छन् । उनले आफूले सीधा कुरा नगरेको धेरै भएकाले पत्रकार सम्मेलन हेर्न र सुन्न सबैमा अनुरोधसमेत गरेका छन् । बिहीबार पनि उनले आफू अभिमन्यु नभएको भन्दै मौनता आजसम्म (बिहीबार) सम्मका लागि मात्र भएको चेतावनीपूर्ण स्टाटस लेखेका थिए ।

आइतबार​ २२ माघ २०७९ ११:१५ AM मा प्रकाशित

प्रतिक्रिया