×

अर्को चुनावमा प्रधानमन्त्री बन्नेर देखाउने रविको दाबि

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कसैले खेदेर नडराउने भन्दै आउने चुनावमा प्रधानमन्त्री बनेर सरकारको नेतृत्व गर्ने हिम्मत भएको दावि गरेका छन् । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले आउने चुनावमा प्रधानमन्त्री बनेर सरकारको नेतृत्व गर्ने बताएका हुन् । 

‘कसैसँग नडराई यो पार्टी चलाउँछौं । आउने चुनावमा सरकार बनाउने गरी,उपप्रधान र गृह होइन प्रधानमन्त्री बन्ने गरी यो पार्टी अघि बढाउँछौ । १२ भाइ सम्पादकलाई यसले तनाव हुन्छ होला, अनि पासपोर्ट भन्छन् । तर म जेल गए पनि रास्वपा अघि बढ्छ । म मरे पनि बहुलाए पनि रास्वपा चल्छ ।’ सरकारबाट बाहिरिने निर्णय लिएको रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राख्ने भएको छ । 

रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् ।

नेपाली नागरिकता लिएपछि उनी उपप्रधान तथा गृहमन्त्रीमा फर्किन चाहेका थिए । तर लगातार सम्वाद गर्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृह मन्त्रालय दिन तयार नभएपछि रास्वपाले सरकार नै छाड्ने निर्णय गरेको हो ।
 

आइतबार​ २२ माघ २०७९ ०५:३० PM मा प्रकाशित

प्रतिक्रिया