×

गोकुल बास्कोटाको घरमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला

images

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाको घर अगाडि फेला परेको शंकास्पद वस्तु निस्कृय बनाइएको छ।

भक्तपुरको लोकन्थलीमा रहेको बास्कोटाको घर अगाडि प्लास्टिकभित्र राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको थियो। घरअगाडि प्लास्टिकभित्र रहेको शंकास्पद प्रेसर कुकरलाई नेपाली सेनाको टोलीले निस्कृय बनाएको हो। आज बिहान बास्कोटाको घर अगाडि शंकास्पद बस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

आज बिहान छिमेकीले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले शंकास्पद वस्तु देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जानकारी दिए । 

आइतबार​ १८ मंसिर २०७९ ०८:४९ AM मा प्रकाशित

प्रतिक्रिया