×

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

images

काठमाडौं । सत्तारुढ दल नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठकमा निर्वाचनको समीक्षाका साथै अब बन्ने नयाँ सरकार निर्माणबारे छलफल हुने नेताहरुले बताएका छन् ।

शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा जान सबै विकल्प खुला गरेको बताएको थियो । आजको बैठकले पनि सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल गर्ने जनाइएको छ । 


मंसिर ४ को निर्वाचनबाट माओवादी केन्द्र तेस्रो शक्ति बनेको छ । उसले प्रत्यक्षतर्फ १७ सिट जितेको छ । अब बन्ने सरकारको नेतृत्व लिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड इच्छुक देखिएका छन् । बैठक दिउँसो २ बजेपछि पार्टी कार्यालयमा पेरिसडाँडामा बस्नेछ ।

आइतबार​ १८ मंसिर २०७९ ११:२३ AM मा प्रकाशित

प्रतिक्रिया