×

दोलखा अपडेट : पछि परे माओवादीका गंगा कार्की

images

दोलखा । एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीलाई पछि पारेका छन् । सुरूवाती अग्रता लिएका कार्की पछिल्लो समय नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवकोटीभन्दा पछि परेका हुन्।

शिवाकोटी १७ हजार ५ सय २८ मतसहित अघि छन् भने कार्कीले १५ हजार ७ सय मत ल्याएका छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले २४६० मत ल्याएका छन्। मतगणना जारी छ।

अहिलेसम्म ३९ हजार ३ सय ७९ मत गणना गरिएको छ। मंसिर ४ गतेको निर्वाचनमा दोलखामा धाँधली भएको ठहर गर्दै निर्वाचन आयोगले मंसिर १५ गते पुनः निर्वाचन गराएको थियो ।

दोलखाको प्रदेशसभा–१ मा गठबन्धन अगाडि देखिएको छ । २ मा भने एमाले अगाडि छ । प्रदेशसभा–१ मा २९ हजार चार सय ९३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १४ हजार सात सय ५९ मत तथा एमालेका नरबहादुर श्रेष्ठले ११ हजार पाँच सय १७ मत प्राप्त गरेका छन् ।

आइतबार​ १८ मंसिर २०७९ ११:०८ AM मा प्रकाशित

प्रतिक्रिया