×

दोलखामा १३७९ मतान्तरका साथ अघि लागे माओवादीका गंगा कार्की

images

 काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा जारी मतगणनामा सत्ता गठबन्धन र नेकपा एमालेबीच रोचक प्रतिस्पर्धा देखिएको छ।

आइतबार बिहानदेदि एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीको अग्रता लिइरहेको अवस्थामा पछिल्लो मतगणनामा पुनः माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन्।

जारी  गणनामा माओवादीका कार्की २३  हजार ५२६ मतसहित अघि लागेका छन्। त्यहाँ एमालेका शिवाकोटी २२ हजार १४७ मतसहित पछि परेका छन्। शिवाकोटीलाई कार्कीले १३७९ मतले उछिनेका हुन्। 

आइतबार​ १८ मंसिर २०७९ ०७:५६ PM मा प्रकाशित

प्रतिक्रिया