×

मेसी र अर्जेन्टिना क्वाटरफाइनलमा, नेदरल्यान्ड्सको सामना गर्ने

images

दोहा । लियोनल मेसीले आफ्नो हजारौं खेलमा अर्जेन्टिनाका लागि शनिबार जादुयी प्रदर्शन गरेपछि उनको देशले अस्ट्रेलियालाई २–१ ले हराएको छ र विश्वकप २०२२ को क्वाटरफाइनलमा पुगेको छ । अब अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्सको सामना गर्नेछ ।

आफ्नो देशका लागि १ सय ६९ औं क्याप जित्ने क्रममा मेसीले ३५ औं मिनेटमा पहिलो गोल गरे । यो उनको आफ्नो खेल जीवनको ७ सय ८९ औं गोल हो । आफ्नै देशका लागि भने यो उनको ९४ औं गोल हो ।

अर्जेन्टिनाका लागि जुनियल अल्भारेजले दोस्रो गोल थपे । अस्ट्ेरलियाका तर्फबाट सम्भव गोल भने आत्मघाती रह्यो, एन्जो फर्नान्डेजको नाममा । नेदरल्यान्ड्सले त्यस अगाडि अमेरिकालाई सजिलै ३–१ ले हरायो र अन्तिम आठमा स्थान बनायो ।

डच जितमा मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले गोल गरे । अमेरिकाका तर्फबाट हाजी राइटले एक गोल फर्काए । 
 

आइतबार​ १८ मंसिर २०७९ ११:३२ AM मा प्रकाशित

प्रतिक्रिया