×

पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

images

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।  बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र  गत निर्वाचनको समीक्षा हुने जनाइएको छ । निर्वाचन परिणामको समीक्षा र आगामी सरकारबारे छलफलका लागि माओवादी केन्द्रले पदाधिकारी बैठकलाई निरन्तरता दिएको हो।

 शनिबार पदाधिकारी बैठकले सरकार निर्माणका लागि एमालेसँग पनि सहकार्यको विकल्प खुला राख्ने निर्णय गरेको थियो। शनिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरूङ, उपमहासचिव पम्फा भुसालले आफ्नो धारणा राखेका थिए।

 अध्यक्ष प्रचण्डले प्रतिनिधिसभातर्फ पार्टी नराम्ररी खुम्चिएको भन्दै असन्तुष्टि पोखेका थिए। यस विषयमा निर्मम समीक्षा गर्दै सुधार गर्नुपर्ने उनको धारणा थियो। आजको बैठकले पनि सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल गर्ने जनाइएको छ । 

आइतबार​ १८ मंसिर २०७९ ०३:५६ PM मा प्रकाशित

प्रतिक्रिया