×

नेप्सेमा सामान्य वृद्धि

images

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से करिब स्थिर भएर बन्द भएको छ। यस दिन नेप्से परिसूचक २.१६ अंक बढेर १९६३.२२ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४८ अंक घटेको छ।

यस दिन २४३ स्टकको २६ हजार १५० पटकको कारोबारमा १ अर्ब ५६ करोड १७ लाख रुपैयाँ बराबरको ३६ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अधिकांश उपसूचकमा वृद्धि भएपनि बैंकिङ, विकास बैंक, वित्त कम्पनी र उत्पादनमुलक उपसूचकमा गिरावट भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै घट्दा अधिकांश उपसूचक बढेपनि नेप्सेमा सामान्यमात्रै वृद्धि देखिएको छ । आइतबार जीवन बीमा उपसूचक भने १.९८ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा सामान्य वृद्धि हुँदा कारोबार रकम पनि डेढ अर्ब नाघेको छ । ३६ लाख ९४ हजार ८४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५६ करोड १७ लाख २ हजारको कारोबार भएको छ । जसमध्ये नबिल बैंकको सर्वाधिक १९ करोड ८० लाख ६७ हजारको कारोबार हुँदा नेस्डो समृद्धि लघुवित्तको ८ करोड ७७ लाख १५ हजार र फस्ट माइक्रोफाइनान्सको ७ करोड ११ लाख १८ हजारको कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल १९९ कम्पनीको सेयर कारोबार हुँदा ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्य स्थिर छ । धौलागिरी लघुवित्तको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा ओरियन्टल होटलको सेयर मूल्य ६.५७ प्रतिशत र खप्तड लघुवित्तको सेयर मूल्य ६.०७ प्रतिशतले बढेको छ । यता नेस्डो लघुवित्तको सेयर मूल्य ६.११ प्रतिशतले गिरावट हुँदा नबिल बैंकको ३.४० प्रतिशतले गिरावट भएको छ । यस्तै पोखरा फाइनान्सको सेयर मूल्य २.८३ प्रतिशतले गिरावट भएको छ ।

आइतबार​ १८ मंसिर २०७९ ०३:४४ PM मा प्रकाशित

प्रतिक्रिया