×

सप्तकोशीमा पानीको बहाव फेरी बढ्दै

images

इनरुवा । सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरूपमा बढ्दै गएको छ । तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण पानीको बहाव विस्तारै बढिरहेको कोशी ब्यारेजले जानकारी दिएको छ । 

सोमबार पछिल्लो अपडेट अनुसार अहिले कोशी ब्यारेजमा एक लाख ७५ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ । 

यसअघि आइतबार कोशी ब्यारेजमा एक लाख ९१ हजार ९० क्युसेक प्रतिसेकेण्डसम्म पानीको बहाव पुगेर घटेको थियो तर सोमबार बिहानदेखि फेरी बढेको छ ।  सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

सोमबार २० साउन २०८२ ११:२४ AM मा प्रकाशित

प्रतिक्रिया