×

एकीकृत जग्गा मूल्याङ्कन प्रणाली विकास गरिँदै

images

सरकारले  भौगोलिक सूचना प्रणालीमार्फत एकीकृत रूपमा जग्गा मूल्याङ्कन गर्ने भएको छ । वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण र व्यवस्थापन गर्न यस्तो प्रणाली विकास गर्न लागिएको हो । जग्गाको विशेषताका आधारमा मूल्याङ्कन गर्ने गरी भौगोलिक सूचना प्रणालीको नयाँ कार्यक्रम ल्याइएको हो । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जग्गामा पहिलो पटक यस्तो प्रणाली प्रयोग गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार नापी विभाग र केन्द्रीय तथ्याङ्क विभागले यो प्रविधि प्रयोग गरे पनि जग्गाको मूल्याङ्कनमा भने यसअघि प्रयोग गरिएको थिएन । जग्गाको  उचाइ,  उब्जनी,  अवस्थिति,  खानेपानी, सिँचाइजस्ता विविध पक्षका आधारमा  जग्गाको  मूल्याङ्कन  गरी  मूल्य  निर्धारणसँग जोड्न खोजिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

शनिबार २१ जेठ २०७९ १०:२२ AM मा प्रकाशित

प्रतिक्रिया