×

राजनीतिक प्रतिसोध साँध्न आरोप लगाईयो- प्रतिक

images

काठमाडौं । पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिकले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि त्यसको खण्डन गरेका छन् । तर, संवेदनशील विषय भएकोले छानबिनमा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

images

भुटानी शरणार्थी प्रकरण- बुटवलमा पक्राउ परेका टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइयो

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई प्रहरीले काठमाडौँ ल्याएको छ । बुधवार बुटवलमा...

बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतिकले आफूले अनुसन्धान प्रक्रियालाई भने सघाउने प्रतिबद्धता जनाएका हुन । ‘मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दछु’, उनले भनेका छन्, ‘ तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

images

पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउपछि एमालेले भन्यो– छानबिनमा सघाउँछौ, सरकारले पूर्वाग्रह नराखी अनुसन्धान गरोस्

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा आग्रह–पूर्वाग्रह नराखी अनुसन्धान गर्न र कानुन पालनामा सघाउन पार्टी तयार रहेको एमा...

 थापाले गृह मन्त्रालयमा हुँदा कोही कसैसँग सम्झौता जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गरेका छन् । त्यसबाहेकका कुनै काम नगरिएको भन्दै उनले आपत्ति जनाएका छन् ।

पटक-पटक आफूमाथि राजनीतिक प्रतिसोध साँध्न यस्ता आरोप लाग्ने गरेको उल्लेख गर्दै थापाले भनेका छन्, ‘ …तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको अभियोगमा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बिहीबार २१ बैशाख २०८० १२:२७ PM मा प्रकाशित

प्रतिक्रिया