×

राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (एमाले) ले विमला घिमिरेलाई उमेदवार बनाउने

images

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रियसभाको उपाध्यक्ष पदमा विमला घिमिरेलाई उमेदवार बनाउने भएको छ । घिमिरेलाई उमेदवार बनाउने निर्णय गरिएको राष्ट्रियसभामा एमाले प्रमुख सचेतक भगवती न्यापानेले जानकारी दिइन् ।

सत्तासाझेदार दलबीचको दलको सहमतिअनुसार पार्टीले उमेदवार तय गरेको उनले बताइन्।

घिमिरे ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी हुन् । उनको कार्यकाल दुई वर्ष बाँकी छ । माओवादी केन्द्र का उर्मिला अर्यालले उपाध्यक्षबाट राजीनामा दिएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो।  यही चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुँदै छ।

बिहीबार २२ चैत २०८० ०३:५९ PM मा प्रकाशित

प्रतिक्रिया