काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई थप चार प्रहरी हिरासतमै राखिने भएको छ। राष्ट्रिय, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं थप चार दिन हिरासतमा रहने भएका हुन्।
मंगलबार जिल्ला अदालत, काठमाडौंले उनलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। यससँगै उनी २१ मंसिरसम्म हिरासतमै रहने छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै विवादास्पद सामग्री सार्वजनिक गरेपछि सीआईबीले उनलाई पक्राउ गरेको थियो । साइबर अपराध अभियोगमा उनी मंसिर ४ गते पक्राउ परेका थिए । उनले आफ्नो पक्राउ गैरकानुनी भएको भनेर यसअघि नै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट हालेपनि खारेज भएको थियो ।
प्रतिक्रिया