×

बाजुराबाट प्रदेशसभा १ बाट एकीकृत समाजवादीका शाही निर्वाचित

images

काठमाडौं ।  बाजुराको प्रदेश सभा १ बाट नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही निर्वाचित भएका छन् । शनिबार अपरान्ह सार्वजनिक मत परिणाम अनुसार शाहीले १० हजार ९७३ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बलदेव रेग्मीले ८ हजार ६३२ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर विश्वकर्माले १ हजार ९८ मत पाए । 

शनिबार १७ मंसिर २०७९ ०९:३८ PM मा प्रकाशित

प्रतिक्रिया