काठमाडौं । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब तीन वटा क्षेत्रको मतगणना जारी रहेको छ । शनिबार विहानसम्म मतगणना भइरहेका तीनवटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। शनिबार बिहान साढे ७ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभ...
प्रतिनिधिसभा समानुपातिक मतगणना अन्तिम चरणमा, हेर्नुहोस कसले कति मत पाए?
प्रतिनिधि सभातर्फ स्याङ्जाको २ मा कांग्रेस उपसभापतिसमेत रहेका धनराज गुरुङले २२ हजार ४८० मतसहित अग्रता लिएका छन् । नेकपा एमालेकी सचिव पद्मा अर्यालले २० हजार २६७ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङको पक्षमा ७ हजार २३८ मत छ । गुरुङभन्दा अर्याल २२१३ मत अन्तरले पछि छिन् ।
काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणामअनुसार ७ वटा दलले राष्ट्रिय दल बन्ने निश्चित भइसकेको...
प्रतिनिधिसभा समानुपातिक मतगणना अन्तिम चरणमा, ७ दल भए राष्ट्रिय पार्टी भए (सूचीसहित)
प्रदेश सभा २ तर्फ नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराई १० हजार २६१ मतसहित अगाडि छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठले १० हजार ११९ मत पाएका छन् । उनीहरुबीच १४२ मतको अन्तर छ । प्रदेश सभा १ तर्फ भने नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भइसकेका छन् ।
बाजुरामा पनि नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे ११ हजार ७३६ मतसहित अगाडि छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार कर्ण थापाले ८ हजार ८५२ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर २ हजार २२४ छ । बाजुरामा कूल खसेको ६० हजार १५२ मतमध्ये २० हजार ६३६ मत गणना भइसकेको छ ।
दोलखामा माओवादी केन्द्रका गंगा कार्की (विश्व)को अग्रता कायम छ । उनले ७ हजार ९९५ मत पाएका छन् । नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ७ हजार २९५ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर ७०० छ ।
प्रतिक्रिया