×

विश्वकप फुटबल : नकआउट चरण समीकरण पूरा, अन्तिम १६ मा कुन कुन टिम भिड्दैछन्?

images

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अर्थात् नकआउट चरणको समीकरण पूरा भएको छ । शुक्रबार राति भएको समूह चरणका अन्तिम ४ खेल सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टोलीको टुंगो लागेको हो ।

फिफाले विभाजन गरेको ८ समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् । जारी विश्वकपमा समूह ‘ए’ बाट नेदरल्यान्ड्स विजेता र सेनेगल उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । समूह ‘बी’ बाट इंग्ल्यान्ड विजेता र अमेरिका उपविजेता, समूह ‘सी’ बाट अर्जेन्टिना विजेता र पोल्याण्ड उपविजेता, समूह ‘डी’ बाट फ्रान्स विजेता र अष्ट्रेलिया उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।

यस्तै समूह ‘ई’ बाट जापान विजेता र स्पेन उपविजेता, समूह ‘एफ’ बाट मोरक्को विजेता र क्रोएसिया उपविजेता, समूह ‘जी’ बाट ब्राजिल विजेता र स्विट्जरल्यान्ड उपविजेता तथा समूह ‘एच’ बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका हुन् ।

अन्तिम १६ का खेल 
नेदरल्याण्ड्स भर्सेस अमेरिका
अर्जेन्टिना भर्सेस अस्ट्रेलिया
फ्रान्स भर्सेस पोल्याण्ड
इंग्ल्याण्ड भर्सेस सेनेगल
जापान भर्सेस क्रोएसिया
ब्राजिल भर्सेस दक्षिण कोरिया
मोरक्को भर्सेस स्पेन
पोर्चुगल भर्सेस स्विट्जरल्याण्ड

शनिबार १७ मंसिर २०७९ ०९:४१ AM मा प्रकाशित

प्रतिक्रिया