×

राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गर्‍यो वाचापत्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री (पूर्णपाठ)

images

काठमाडौँ – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार वाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर उसले आफ्नो वाचापत्र सार्वजनिक गरेको हो ।

वाचापत्रमा समेटिएका विषयको सर्वाधिकार नेपाली नागरिकमा निहित रहने र वाचापत्रमा समेटिएका कार्यक्रमहरु अन्य पार्टीले लिएमा सधन्यवाद दिने कार्यक्रममा जानकारी दिइएको छ । लामिछाने पार्टीले जनउत्तरदायी प्रत्यक्ष जनसहभागितामूलक समावेशी लोकतन्त्रको माध्यमबाट व्यक्तिगत स्वतन्त्रता र मानवअधिकारको सम्मानसहितको संवैधानिक समाजवादमा जोड दिएको छ । 
सोही दिशामा मुलुकलाई अघि बढाउने सो पार्टीले प्रतिबद्धता जनाएको छ । 

सो पार्टीले विधिको शासन, सामाजिक न्यायसहितको समानता, योग्यता र कर्मशीलता, राष्ट्र निर्माणमा समर्पणता, भ्रष्टाचारप्रति शून्य सहनशीलता, प्रत्यक्ष सहभागितामूलक लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रता तथा मानवअधिकारको विषयमा प्रतिबद्धता जनाएको छ । साथै कुनै पनि राजनीतिक दलमा नलागेका वा राजनीतिक लाभ नलिएको १० वर्ष पुरा नभएको वंशज नेपाली नागरिक राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ ।

सो पार्टीको सार्वजनिक गरेको घोषणापत्रमा शासकीय स्वरूपबारे यस्तो व्यवस्था गर्ने बताएको हो । वडाअध्यक्षदेखि संघीय संसदसम्म सम्मिलित वृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने सो पार्टीको वाचा पत्रमा उल्लेख छ ।   यस्तै राष्ट्रिय सभाका अध्यक्ष पदेन उपराष्ट्रपति हुने, जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गरेको छ । यस्तै प्रदेश परिषद, राष्ट्रियसभा र संवैधानिक परिषद्लाई पनि शासकीय स्वरूपमा समावेश गरेको छ ।

रविको पार्टीले घोषणापत्रमा २३ वटा बाचा गरेको छ । निर्वाचन प्रक्रियामा सुधारसहित रविले अनुपस्थित मतदान पद्धति, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्थाका लागि वकालत गरेका छन् । त्यस्तै स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारलगायतका विकासका लागि आफ्नो पार्टीले गर्ने काम पनि रविले अघि सारेका छन् ।

हेर्नुस् घोषणापत्रको पूर्णपाठ

                   

     

       

    

 

बिहीबार १७ कात्तिक २०७९ १२:२४ PM मा प्रकाशित

प्रतिक्रिया