काठमाडौँ — नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (१८ भदौ) सुनको मूल्य एकैदिन तोलामा ७ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको छ।
अघिल्लो दिन (बुधबार) सुन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ५८० रुपैयाँ रहेको चाँदी आज १४५ रुपैयाँले बढेर ४ हजार ७२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
प्रतिक्रिया