×

२९ बर्ष पछि पहिलो पल्ट स्वयम्भू महासमितिले २५६८ औ बुद्ध जयन्ति भब्य रुपमा मनाउने

images


काठमाडौं। युनेस्कोले सन् १९७८ सालमा स्वयम्भु लाई विश्व सम्पदा मा सुचिकृत गरेपछि बि. स २०५२ सालमा यस विश्व सम्पदाको व्यवस्थापन संरक्षण सम्बर्धन गर्नका लागि भनेर बुद्ध बचनमा आबध भएका २४ सदस्यहरु मिलेर स्वयम्भू ब्ववस्थापन तथा संरक्षण महासमिति खडा भएको थियो । 

खडा भएको २९ बर्ष पछि,  यस बर्ष पहिलो पल्ट महासमितिका अध्यक्ष महास्थबीर भिक्षु श्री धर्म मूर्ति ज्यू कोअध्यक्षतामा गठित्  बुद्ध जयन्ति मूल समारोह समिति को आज पुरातत्व बिभाग, स्थानीय प्रहरी प्रभाग,काठमाडौँ महानगर पालिका प्रहरी इकाई, वडा कार्यालय, पत्रकार, स्थानीय निकाय, युवाहरु को बैठक बसेको ले  २५८५ औ बुद्ध जयन्ति समारोह समितिले स्वयम्भूमा बिभिन्न कार्यक्रम गरी भब्य रुपमा मनाउने निर्णय गरेको छ।  

 यसबर्ष हिमाली बुद्ध धर्मालम्बीहरुको  साक धावा पर्ब पनि एकसाथ परेकोले स्वयम्भू परिसरमा बिहानै देखि    सबै धर्मालम्बीहरु एकसाथ पवित्र भूमिमा जम्काभेट भै महाचैत्य, पन्चपुर, अजिमा, बुद्ध संग्रहालय, हरिहरिहरबहान लोकेस्वर , अक्सोभ्या बुद्ध , सप्तालोचना तारा, रत्नसम्भव बुद्ध, मामकी तारा अमोघसिद्धि बुद्ध, आर्य तारा, पान्दरा तारा, केसिनी , उपाकेसिनी, धर्मचक्र तारा, बज्रसाधु महाकाल,मन्जुश्री एवं पादुका, बासुकी नगराजा, पाँच बुद्ध बाहन लगायत का धर्मिक  सम्पदाहरुक परिक्रमा पुजामा भक्तजनहरुले उत्साहजनक रुपमा सहभागीता जनाउने   बातावरण बनाउन र स्वयम्भू वन को परिक्रमा सुरक्षा लाई ध्यानमा राखी सम्बन्धित निकायले  सुरु देखिने उचित ब्यबस्थापन को लागि  सजक रहेको जानकारी महासमितिका सदस्य केशव श्रेष्ठ ले दिनु भयो । 

 स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले पहिले देखिनैव्यवस्था गर्दै आएको खिर प्रसाद सबै भक्तजनकोमा पुगोस भनि आनन्द कुटी बिहार र महाचैत्य परिसरमा जलपानका साथ सो को सरसफाइको व्यवस्थापन गर्ने प्रबन्ध मिलाएको छ । 

 महाचैत्य आसपास भिडभाड नहोस, अपांग सपांग सबै सुरक्षित ढंगले रहन सकुन, थकाइ मेटनसक्ने ठाउको व्यवस्था का लागि सत्तल पाटी, पूजा गर्ने स्थल, कथा बाचन स्थल आदिको पनि खयाल राखिने  , केहिदिन अगाडिदेखि नै माइकिङ्ग को माध्यमबाट जन चेतना ल्याउने,नचिनेका व्यक्तिबाट फोटो नलिने बातचितगरि असुरक्ष्या निम्त्याउने कार्य नगर्न अनुरोध गर्नेभएको छ क्ष् पर्यटक हरुलाई सहि जानकारी दिनसक्ने अनुमति पत्र प्राप्त गाइडहरु लाइ मात्र प्रोत्साहन गर्ने , आफ्नो सामान को सुरक्ष्या गर्ने, बालक केटाकेटी बृद्ध अपांग बर्ग मा शांतिपुर्बक दर्शन गर्ने परिस्थिति सिर्जना गर्ने भएको छ क्ष्विश्व सम्पदा परिसरलाई बुद्धमय बातावरणमाढाल्नका लागि बुद्ध झन्डा ठाउठाउमा राखी सजाउने , ठाउँ ठाउमा तोरण प्रवेस द्वार अस्थाई रुपमा भएपनि राख्ने योजना रहेको साथै बुद्ध बचन लेखिएको  फ्लास बोर्ड मार्फत ठाउँ ठाउमा राख्ने

यस दिन बाह्यपर्यटक हरुलाई स्वयम्भू घुम्न आउनुहुदा निसुल्क प्रबेस को व्यवस्था गर्ने  , पसलहरु व्यवस्थित गर्ने, मन्दिर चैत्य परिसर पूरै सरसफाई गरि राख्ने, ठाउँ ठाउमा बस्ने बेञ्च को व्यवस्था गर्ने बस्ने बेन्चमा रंगरोगन लगाई सुबिस्ताजनक बनाउने , भुइखेल परिसर देखीनै सरसफाई गर्दै जाने  तथा स्वयम्भूमा देस बिदेसबाट समेत आउने माग्नेहरू लाई ध्यानमा राखी  ब्यबस्थापन को लागि  माग्ने समय निर्धारण गरिएको छ । 

 समय बिहान ९ बजे सम्म र बेलुका ५ बजे पछि निर्धारण गरिराखिएको बताइएको छ , पसलको हकमा फूल र धूप बेच्नेहरु लाइ मात्र अनुमति दिने भनिएको प्रयोग नभएका चन्दा बक्स हटाउने , सरस्वति मन्दिर परिसर मा चिया खाजा बेच्ने, भाडाका क्यामेरा बाट फोटोखिच्ने कार्य गर्न नदिने, गरे हटाउने, फोहोर को व्यवस्था गर्न डस्ट बिन ठाउ ठाउँ मा राख्ने स्वयम्भू व्यवस्थापन तथा संरक्षण माहसमितिका कर्मचारी, सदश्यहरु स्थलमै रहनु हुने भएकोले केहि जानकारी लिन या दिन चाहानुहुने भएमा सम्पर्क राख्न हुन् र स्वाया पुन्ही , बुद्ध जयन्ति तथा सकाधावा पर्ब यहि जेष्ठ १० गते बिहीबारका दिन पर्ने भएको  महासमितिका सदश्य केशब श्रेष्ठले बताउनु भयो । 

शुक्रबार​ २० बैशाख २०८१ ०३:४६ PM मा प्रकाशित

प्रतिक्रिया