सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित गर्न सकिँदैनः कांग्रेस उपसभापति खड्का

    images

    काठमाडौ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गर्न नसकिने बताएका छन् ।

    आइतबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानले दिएका अधिकारको रक्षा हुनेगरी मात्रै विधेयक पारित गरिने बताए ।


    संविधानले दिएको अधिकारको सम्मानपूर्वक उपयोग गर्न सक्ने वातावरण बनाएर मात्रै कानुन बनाइने उनले बताए ।

    संसद्‌मा पेश भएको सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संशोधनपछि मात्रै पास गर्नुपर्ने कांग्रेसको औपचारिक धारणा रहेको उनले बताए ।

    सोमबार १९ फागुन २०८१ ०७:०५ AM मा प्रकाशित

    प्रतिक्रिया