×

आचारसंहिता उल्लंघनप्रति सजगता अपनाउँदै आयोग

images

काठमाडौ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि लक्षित गरी लागू गरिएको आचारसंहितामा सामाजिक सञ्जाल र इन्टरनेटको माध्यमबाट हुन सक्ने आचारसंहिता उल्लंघनप्रति सजगता अपनाएको छ ।

निर्वाचन आचारसंहिता उल्लंघनका घटनालाई नियन्त्रण गर्न त्यसप्रति सजगता अपनाइएको आयोगले जनाएको छ । आयोगले फागुन १७ देखि चैत ५ गतेसम्म लागू हुने आचारसंहिता जारी गरेको हो । आयोगले ‘निर्वाचन आचारसंहिता २०७९’ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड–७२, सङ्ख्या ३२ मा प्रकाशित गरेको थियो ।

गत वैशाख ३० गते र मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा सामाजिक सञ्जालबाट भएका निर्वाचन आचारसंहिता उल्लंघनका घटना नियन्त्रण गर्न आयोगलाई निकै कठिनाइ भएको थियो ।

सामाजिक सञ्जालको माध्यमबाट आचारसंहिता उल्लंघन हुनेतर्फ सचेत हुँदै त्यसको दुरुपयोग हुनबाट रोक्न आचारसंहितामा विविध प्रावधानहरू राखिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । नेपाल समाचारपत्र दैनिकबाट

शुक्रबार​ १९ फागुन २०७९ ०८:१८ AM मा प्रकाशित

प्रतिक्रिया