×

मुक्तक 

images


१.
फिर्ता लिइ फेरि अन्तै लगाउनलाई ।
यसरी जिन्दगी सुखी बनाउनलाई ।
प्रेम कसैलाई दिएको ऋण होइन,
जो ब्याज सहित फिर्ता पाउनलाई ।
२.
कुनै मौसमले आफैलाई कतै रोकेको छ र ?
आफ्नो कर्तव्य बिर्सिएर बाटो मोडेको छ र ?
जिन्दगी बिताउन जिन्दगीले किन साथ खोज्छ ?
बित्न समयले कसको साथ खोजेको छ र ?
३.
मौका छोप्दछन् जब कोही आसपासमा रहन्न ।
आँखा छल्न पाउँदा कोही पनि त्रासमा रहन्न ।
त्यो विश्वासको आयु त्यतिबेलै समाप्त हुन्छ,
जब विश्वास गर भन्ने नै विश्वासमा रहन्न ।
४.
यो पनि अन्न जस्तै नै हो मूलबाटोमा नछर्नुस् ।
उब्जाउ भूमिमा छरेर पून्यको भकारी भर्नुस् ।
ध्यान दिनुस्,सल्लाह दिनुस्,गर्नुस् सहयोग पनि,
तर विचार अरूमाथि बलजफ्ति नथोपर्नुस् ।

                                   

शुक्रबार​ २० माघ २०७९ ०३:०४ PM मा प्रकाशित

प्रतिक्रिया