×

एक हजार ४ सय रूपैयाँले घट्यो सुनका मूल्य

images

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलामा एक हजार ४०० रूपैयाँ घटेको हो ।
आज छापावाल सुन तोलामा एक लाख ६ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ ।

गत कारोबार दिन बिहीबार तोलामा एक लाख सात हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलामा एक लाख पाँच हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रूपैयाँले घटेको छ । आज चाँदी तोलामा एक हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 


 

शुक्रबार​ २० माघ २०७९ १२:१५ PM मा प्रकाशित

प्रतिक्रिया