×

अज्ञात बन्दुकधारी समूहद्वारा जेलमा आक्रमण गरी १४ को हत्या

images

मेक्सिको । देशको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको कारागारमा अज्ञात बन्दुकधारी समूहले आक्रमण गर्दा दशजना सुरक्षाकमीसहित १४ जनाको ज्यान गएको छ भने अन्य १३ जना घाइते भएका छन् ।

चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखका अनुसार हातहतियार बोकेर ठूलो सङ्ख्यामा आएको बन्दुकधारीको समूह जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । आक्रमणमा घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आक्रमणको फाइदा उठाएर २४ जना बन्दी भागेका छन् । भगौडाहरूको खोजी भइरहेको छ ।

सुरक्षाकर्मीले पनि जवाफी कारबाही गर्दा दुई जना बन्दुकधारी बताइएको छन् । जेलमा थप सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिइएको छ । आफ्नो समूहका व्यक्तिलाई छुटाउन कारागारमा आक्रमण भएको अनुमान गरिएको छ ।

मङ्गलबार १९ पुस २०७९ ०९:२१ PM मा प्रकाशित

प्रतिक्रिया